Join MultiplyOpen a Free ShopSign InHelp
MultiplyLogo
SEARCH

अर्पण योन्‍जनको प्रस्‍तुति सुनखरी

Homeमेरो भनाई Jun 17, 2007
 

जीवनको मोह र घर परिवार साथी संगतिको सान्सरिक मायाँजल त छुटै छ। त्यो भन्दा पनि पर आमा र मतृभूमि
बाट सात समुन्द्र पारि रहनु पर्दा घर परिवारको भन्दा कर्म भूमिको माटोले सार्है सताउदो रहेछ,
सन २००४ को डिसेम्बर मा २८ तारिक का दिन महिले पहिलो चोटि प्रभाशी माटोको भूमध्य रेखामा पहिलो पाईला
हाले, त्यस पछिका दिनहरु प्रभाशका अरु नेपालीको झै मेरो पनि बिहान चार बजे उठ्नु बेलुका ५ बजे रुम मा आई
पुग्नु मेरो साधारण दिन चार्य बन्यो, यस बिचको अबधिमा देशमा एउटा जनताले ईतिहाँस रचे समयले कोल्टे फेर्यो
नजानिंदो पाराले एउटा नयाँ युगको सुरुवात भयो,
२३७ बर्षे निरङकुस तानासाहि शाह बंशिय राजकाजमा जनताले परिवर्तन रोजे, सडक, गल्लि, शहर र गाउँ-गाउँ
लोकतन्रको नारा उरालेर गणतन्त्र तर्फ उम्मुख भए र १९ दिने हुरिले धेरै देश प्रेमी जनताले आत्मदाहको आहुति
दिनु पर्यो र आज त्यहि बलिदानीपूर्ण योगदानले शाह बंशिय सासनको ढाड भाचियो र जनताको छोराछोरिले
स्वतन्त्रता पुर्वक सार्वभौम भएर बाच्न सके त्यसको लागि म ति बिर शहिदहरु प्रति म र म जस्तै प्रभासीहरु को
तर्फ बाट हार्दिक श्रदाञ्जली चढाउन चाहान्छु,
अनि मलाई मनमा लाग्यो देशमा परिवर्तन ल्याउनको लागि आप्नो जन्मभूमि मा रहेर योगदान दिन नसके पनि
प्रभास बाट कलम को साहाराले देश र जनता प्रति योगदान दिन सकुँ भनेर गणतन्त्रको पक्षमा वकालत गर्दै र
शाह बंशिय सासनको बिरोध र नेताहरुलाई खबरदारी गर्दै प्रभासिको सामुहिक चिठ्ठी भन्ने कविता लेख्न बाध्य भएँ
त्यसपछि राजतन्त्रको बिरुद्धमा मेरो कलम निरन्तर चलिरहयो, र यसरि देशमा अन्तरिम सरकार द्धारा निष्पक्ष र
धाँधलिरहित निर्वाचन हुन सकोस र जनता र जन आन्दोलन भाग २ ले जारि गरेको मार्ग निर्देसन गणतन्त्रमा
परिणत हुन सकोस र ति कर्मयोद्धा सहिद र सहिद परिवारको सपना साकार बनोस भन्न चाहन्छु ।
यो ब्लग ले भाषा, कला, साहित्य, र सँस्कृतिको जगेर्ना र गर्ने नै छ, तर त्यो भन्द पनि ब्लग को उदेश्य नयाँ
नेपालको निर्माण र गणतन्त्रको सस्थागत स्थापना नहुन्जेल राज्यको खराब आचरण, नेताहरुको स्वार्थमुखी
र निरङकुसताको माकुरिजालोको बिरुद्घमा लेख रचनाहरु सम्प्रेषण हुनेछ, त्यसको लागी साहित्यप्रेमी, भाषाबिद्ध
र एउटा साधारण लेखपढ गर्नसक्ने नेपाली देखि बुद्धिजिवि सर्कलका नागरिक समाज र प्रबुद्ध ब्यक्तिहरु अर्थात
तपाईहरु बाट सल्लाह-सुझाव र मार्ग निर्देशन को अपेक्षा राख्दछु।
तपाईहरुले कयौं कमि कम्जोडि र गल्तिहरु पाउनु हुनेछ, किनकि म संग भाषा र साहित्य प्रतिको बुझाई पूर्णतया
ज्ञानको अभाव छ, त्यति हुँदै पनि तपाईहरुको सहयोग र सल्लाहको लौरो टेकेर यात्रा गर्ने जमर्को गरेको छु, र
अन्त्यमा सल्लाह सुझावको लागि arpan.yonjan@yahoo.co.in मा मेल गर्नु हुन अनुरोध गर्दै म र मेरो
ब्लगको तर्फबाट साहित्यिक अभिवादन सहित बिदा-जदौं।
अर्पण तामाङ (योञ्जन)
Photo AlbumPhotosAug 21, 2007
ddd
dThumbnaild
ddd
संस्‍कृति
8 Photos
ddd
dThumbnaild
ddd
नेपाली मोडल हरु
39 Photos
ddd
dThumbnaild
ddd
प्रकृती
13 Photos
ddd
dThumbnaild
ddd
ब्‍लग सन्‍चालक (टेस्‍ट कपी)
2 Photos

   View All
MusicMusicMar 5, 2009
NoteGuestbook
   
hungrydai wrote on Jul 22, '08

Namaste Arpan and thank you very much for joining our Nepal Group.

Please feel free to post your Nepal photos, family phtos, blogs, Nepali music/videos and comments etc

I am Tony from Bournemouth in England. Our administrator is called Bibek (u2bibek) and he is from Nepal.

My best wishes to you and talk to you later.

Tony
manjeeldip wrote on Aug 23, '07



मन्जील् दिप् शुब्बा (गरीव) आङ्सराङ् - ५ बरबोटे पाँचथर मेची नेपाल। हाल् - TEXAS A&M UNVERSITY at QATAR.
ईंमेळ् - manjeeldip@yahoo.com manjeeldip@hotmail.com manjeeldip@gmail.com


TagboxTagged Content
गजल (लेखन मिती २०१०-०१-३१ )2010-01-31 के भुल भयो सानु आजकाल तिमी बोल्दैनौ भेट हुंदानी नजिक बाट सानु तिमी बोल्दैनौ नखोलेरै मनका कुरा तिमी टाढा हुंदा धड्किन्छ यो मुटु सानु किन तिमी बोल्दैनौ लुकाएरै राख्ने भए किन सानु मनका कुरा दिल खोलेर... more
Previous posts:
Jan 30-युग बोल्छ देश संगै
Jan 30-अरबको मरुभुमी बाट
Jan 28-कल्पिएर न आउने मन्मा किन गजल,गजल,